Logo

किरण बज्राचार्य सरुवा, सिआइबीमा श्याम ज्ञवाली नियुक्त

किरण बज्राचार्य सरुवा, सिआइबीमा श्याम ज्ञवाली नियुक्त



काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)को प्रमुखबाट एआइजी किरण बज्राचार्यलाई सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिआइबीबाट सरुवा गरी कार्यविभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यस्तै उनको स्थानमा सरकारले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । ६१ किलो सुन तस्करी प्रकरण अनुसन्धान आयोगले किरण बज्राचार्यले उक्त प्रकरणमा मुछिएकाको नाम लुकाएको आरोप लगाउँदै कारबाहीका लागि सिफारिस गरेको थियो । त्यससँगै सरकारले उनलाई सरुवा गर्ने तयारी गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL