Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । यसअघि बुधबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य पनि प्रतितोला ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला १५ सय १५ रुपैयाँ पुगेको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL