Logo

प्रचण्डलाई विश्वप्रकाशको कटाक्ष : कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ?

प्रचण्डलाई विश्वप्रकाशको कटाक्ष : कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गणितिय रुपमा मात्रै विश्वासको जोहो भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेपछि सम्बोधनका क्रममा शर्माले कांग्रेस र एमाले मिले भने माओवादीको हालत के होला भन्दै प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डको दुई तिहाईको विश्वास फिर्ता भएको उल्लेख गरेका हुन् । ‘राजनीतिक रुपमा अविश्वास छ तर गणतीय रुपमा विश्वासको जोहो हुँदैछ । अघिल्लो पटक दुई तिहाईको बहुमत तपाईंसँग थियो, आज टेलिभिजनका क्यामरा बन्द गर्ने हो र सत्ता पक्षमा हौं त्यसैले टेबल ठोक्नु हुँदैन भन्नेबाट माथि उठ्ने हो भने आज दुई तिहाईको विश्वास फिर्ता भएको छ ।’

उनले प्रश्न गरे, ‘त्यसैले पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको, पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र हिसाब ? पालैपालो विपक्षमा उभिएकाहरु एकै पक्षमा उभिए भने भने नि, धोका खाएकाहरु एकै ठाउँमा हौं भने भने नि ?’ पूर्व प्रधानमन्त्री केपी ओलीले कांग्रेसले कुरा गर्न खोज्दा नचाहेको भनेपछि जवाफमा शर्माले कांग्रेस र एमालेको कुरा चल्यो भन्ने प्रधानमन्त्रीको यात्रा कता चल्छ भन्दै प्रश्न गरे ।

‘जनतासँग गरेको बाचा प्रधानमन्त्रीले भुले, कांग्रेसबारे फिँजाइएको झुठको अन्त्य होस्’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबारे फिँजाइएको झुठको अन्त्य गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै उनले केही दिनअघिसम्म देशमा केही भएको छैन र अब फेरि राम्रै छ भन्ने राजनीतिक दल र नेताबाट कांग्रेसबारे फिँजाइएको झुठको अब अन्त्य गर्नुपर्ने बताए ।

निर्वाचनका बेला जनतासँग गरेको बाचा विर्सिएर प्रधानमन्त्री प्रचण्डले आज केका लागि विश्वासको मत मागेको भन्दै उनले प्रश्न गरे । पुरानो गठबन्धन ताडेर नयाँ बनाउँदा जनतासँग गरेको बाचा प्रधानमन्त्री प्रचण्डले भुलेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL