Logo

सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै कांग्रेसको संसदमा आपत्ति

सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै कांग्रेसको संसदमा आपत्ति



काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनएको भन्दै संसदमा ध्यानाकर्षण गराएको छ । कांग्रेस सांसद सुशिला थिङले प्रधानमन्त्रीले विवादित मन्त्रीलाई सरकारमा ल्याएको भन्दै ध्यानाकर्षण गराएकी छन् ।

उनले विगतमा विवादित मन्त्रीको विषय संसदमा उठिरहेको बेला प्रधानमन्त्रीले फेरी विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाएकी हुन् ।

कांग्रेसले रवि लामिछाने सहकारी प्रकरणमा मुछिएका व्यक्तिलाई सरकारमा सामेल गराएको प्रति ध्यानाकर्षण गराएकी थिइन् । साथै उनले पूर्व उपराष्ट्रपतिको परिवार सुन तस्करीमा मुछिएकोले सो विषयको अनुन्सधान र जानकारी सरकार कसरी अगाडी बढ्छ र त्यसको निराकरण नभएसम्म अबको संसद सजिलै नचल्ने चेतावनी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL