काठमाडौं । खाना पकाउने एलपीजी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ५० रुपैयाँ घटेको छ। नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिसिलिन्डर मूल्यमा ५० रुपैयाँ घटाएको हो ।
निगमका प्रवक्ता भानु खनालका अनुसार मूल्य घटेसँगै उपभोक्ताले एक सिलिन्डर ग्यासको लागि १३ सय २५ रुपैयाँ तिर्नुपर्ने भएको छ। यसअघि १३ सय ७५ रुपैयाँ थियो।
निगमले आगामी दशै तिहारमा उपभोग्य सामग्रीमा छुट दिने भनेर गरिएको घोषणालाई मध्यनजर गरेर निगमले ग्यासको मूल्य घटाएको बताइएको छ ।
पनि अन्य इन्धनको मूल्य भने कायम रहेको जनाएको छ।
ग्याँसको मूल्य घटाउँदा पनि निगमलाई यसमा अझै ६१ रुपैयाँ नाफा रहेको छ। यसअघि ग्याँसमा प्रति सिलिन्डर १ सय ११ रुपैयाँ नाफा रहेको थियो।