Logo

युनाइटेड इनस्योरेन्सको संचालक समिति अध्यक्षमा श्रेष्ठ, १९बर्षदेखि संस्थामा आवद्ध

युनाइटेड इनस्योरेन्सको संचालक समिति अध्यक्षमा श्रेष्ठ, १९बर्षदेखि संस्थामा आवद्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यस युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा विजयवहादुर श्रेष्ठ चयन भएका छन् । कम्पनीको बुधवार बसेको संचालक समितिको २ सय६३ औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको हो ।

कम्पनीको सर्वसाधरण शेयरधनीको तर्पmबाट संचालक समितिमा प्रतिनिधित्व गर्दै श्रेष्ठ २०५४ साल देखि निरन्तर रुपमा कम्पनीको संचालक समिति सदस्य भै कार्यरत थिए ।

उनले दिल्ली विश्व विद्यालयबाट वित्त तथा बजार शास्त्रमा स्नातकोतर गरेका हुन् । कम्पनीले केन्द्रीय कार्यालय तथा २० वटा शाखा कार्यालयहरुबाट निरन्तर ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

साथै आगामी दिनमा समेत बीमा सेवालाई अझ परिस्कृत गरि प्रविधिमा आधारित सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्