Logo

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।

आज ९मंगलबार० दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा सामान्य वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
MBL