Logo

तीन प्रदेशका प्रदेश प्रमुख बर्खास्त, नयाँ प्रमुखको नाम सिफारिस

तीन प्रदेशका प्रदेश प्रमुख बर्खास्त, नयाँ प्रमुखको नाम सिफारिस



काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ ।

जस अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका छन् । मन्त्रिपरिषदको बैठकले उक्त तीन नयाँ प्रदेश प्रमुखलाई पदस्थापन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL