Logo

झापाको भगवती प्लाइ उद्योगमा भीषण आगलागी, १० दमकल आगो निभाउने प्रयासमा

झापाको भगवती प्लाइ उद्योगमा भीषण आगलागी, १० दमकल आगो निभाउने प्रयासमा



काठमाडौँ ।झापाको भगवती लेमिनेट्स प्रालिमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।

आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आगलागी भएको तीन घण्टा भइसक्दा समेत आगो नियन्त्रणमा आएको छैन ।

अहिले भित्रि भागमा आगो बलिरहेको छ । सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत छन् । भगवती लेमिनेट्स झापाकै ठूलोमध्येको प्लाइउड उद्योग हो ।

प्रतिक्रिया दिनुहोस्
MBL