Logo

प्रधानमन्त्री प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने, पाउँलान त विश्वासको मत ?

प्रधानमन्त्री प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने, पाउँलान त विश्वासको मत ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने निश्चित भएको छ । उनले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयमा पत्राचार भएको छ ।

संघीय संसदका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिँदै संघीय संसद सचिवालयले कार्यसूची तय गर्ने बताए ।
फागुन २१ गते प्रचण्डले एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएपछि यही फागुन २२ मा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्नेै भएपछि प्रचण्डले आवश्यक प्रक्रिया अघि बढाएका हुन् । गठबन्धनमा आवश्यक बहुमत रहेकाले प्रचण्डले विश्वासको मत पाउने पनि पक्कापक्की छ ।

प्रतिक्रिया दिनुहोस्
MBL