Logo

दुर्गा प्रसाईंको दाबी–रवि लामिछानेले अनुमति दिए सात दिनमा जीवी राईलाई पक्राउ गरेर ल्याइदिन्छु

दुर्गा प्रसाईंको दाबी–रवि लामिछानेले अनुमति दिए सात दिनमा जीवी राईलाई पक्राउ गरेर ल्याइदिन्छु



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति न नागरिक बचाउन महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले सहकारी ठगीमा जोडिएका जीवी राईलाई सात दिनभित्रमा आफूले समातेर ल्याउन सक्ने दाबी गरेका छन् ।

झापाबाट आइतबार काठमाडौं आएका प्रसाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनुमति दिए जीवी राईलाई ७ दिनमा आफूले पक्राउ गर्ने दाबी गरेका हुन् ।

‘रविजीलाई म के भन्छु भने मलाई समय दिनुस् म फाइल बुझाउँछु । तर फाइल खोल्ने आँट गर्नुस् जीवी राई सन्तोष कार्कीकोमा बसेका छन् । मलाई गृहमन्त्रीले अनुमति दिए म सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL