Logo

यी हुन बस्नका लागि विश्वकै सस्तो १० शहर, काठमाडौं पाँचौ नम्वरमा

यी हुन बस्नका लागि विश्वकै सस्तो १० शहर, काठमाडौं पाँचौ नम्वरमा


बिजखबर संवाददाता
0
Shares

भारतको मुम्वई   वस्नका लागि विश्वको सवैभन्दा सस्तो शहर  भएको पाइएको छ । वल्र्ड कष्ट अफ लिभिङको अध्ययनले यस्तो देखाएको हो । यसका अनुसार नेपालको काठमाडौं विश्वको सस्तो सहरको पाँचौ नम्वरमा परेको छ ।

शहरमा उपलब्ध खाद्यन्न, पेय पदार्थ, कपडालगायतकाको मूल्यका आधारमा सस्तो शहर छुट्याइएको हो ।

सूचांक अनुसार साउदी अरेवियाको रियाध विश्वको १० औं सस्तो शहर हो । त्यस्तै साउदीकै जिदाध ९औं सस्तो शहरमा परेको छ । तयसैगरी पानामाको पानामा शहर ८औं, रोमानियाको बुचारेष्ट साँतौ ,अल्जेरियाको अल्जेरिया शहर ६औं र नेपालको काठमाडौं पाँचौ सस्तो सहरमा परेको हो ।

सिरियाको दमासकस, भारतको नयाँ दिल्ली, पाकिस्तानको कँराची क्रमश चौथो, तेस्रो र दोश्रो सस्तो शहरमा परेका छन् । एजेन्सि

प्रतिक्रिया दिनुहोस्