Logo

नेपालले आज हङकङविरुद्ध फ्रेन्डसिप कप टी-२० खेल्दै, रोहितको कप्तानीमा को-को छन् टीममा ?

नेपालले आज हङकङविरुद्ध फ्रेन्डसिप कप टी-२० खेल्दै, रोहितको कप्तानीमा को-को छन् टीममा ?



काठमाडौँ । नेपालले आज हङकङविरुद्ध फ्रेन्डसिप कप टी-२० खेल्दै छ । यो खेल नेपाली समय अनुसार बिहान साढे ९ बजेदेखि शुरु हुने छ । फ्रेन्डसिप कप र त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली टिम हङकङ पुगिसकेको छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिम हङकङ पठाएको छ । क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ । त्यस्तै टिममा विनोद भण्डारी, लोकेश बम, आकाश चन्द रासिद खानलाई समावेश गरिएको छ ।

नेपाली टिम- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् । नेपालले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवान्यूगिनीसम्मिलित टी-२० सिरिज खेल्दै छन् ।

त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् । मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL