Logo

हस्तकला महासंघका पदाधिकारी र उद्योग मन्त्रीबीच भेट, मेलाका लागि बजेट छुट्याउन आग्रह

हस्तकला महासंघका पदाधिकारी र उद्योग मन्त्रीबीच भेट, मेलाका लागि बजेट छुट्याउन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल हस्तकला महासंघको पदाधिकारी टोलिले नवनिर्वाचित उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग भेट गरेका छन् । भेटमा हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालको हस्तकला क्षेत्रले प्रत्यक्ष तथा परोक्ष रुपमा ११ लाख भन्दा बढि ब्यक्तिलाई रोजगारी प्रदान गरेको बताए ।

साथै १० अर्व बराबरको निकासी र सोही रकमको हाराहारीमा स्थानीय ब्यापारमा यस क्षेत्रको योगदान रहेको बताए । सार्क हस्तकला बिकास केन्द्र स्थापनाको सदस्य राष्ट्रले घर जग्गाको ब्यबस्था गरेको अबस्थामा सार्क बिकास कोषबाट सो केन्द्रको संचालन खर्च ब्यहोर्नेे योजना रहेको जानकारी दिए ।

साथै उनले सो केन्द्रको भबन निर्माणको लागि नेपाल सरकारले जग्गा उपलब्ध गराई चालू वर्षको बजेटमा रु. ५ करोड रकम छुट्याएको जानकारी दिए । त्यसै गरी हस्तकला क्षेत्रको संस्थागत बिकासको लागि हस्तकला ग्रामले उल्लेखनिय भूमिका खेल्न सक्ने भन्दै सरकारले उक्त ग्रामको लागि यथाशक्य चाडो स्थान एकिन गरी जग्गा छुट्याई दिन अनुरोध गरे ।

उक्त अवसरमा महासंघले प्रत्येक वर्ष गर्दै आएको हस्तकला ब्यापार मेलाका लागि बजेट छुट्याउन आग्रह गरे । ‘ मेलाको स्थल भाडा तथा खर्च गरी १ करोडको बजेट आबश्यक पर्ने र घरेलु तथा साना लघु उद्यमीहरुले लागत खर्चको अनुपातमा स्टल भाडा तिरी मेलामा सहभागिता गर्न नसक्ने भएकोले सहयोगको अपेक्षा गरेका हौं’ उनले भने ।

उक्त भेटघाटमा महासंघका अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्