Logo

सनराइज बैंकको कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम, लेखाशास्त्रका सिद्धान्तबारे जानकारी

सनराइज बैंकको कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम, लेखाशास्त्रका सिद्धान्तबारे जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सन्राइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी दोस्रो अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बैंकको कलंकी र कालीमाटी शाखाहरूले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उद्दघाटन गरेका हुन् ।

कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधि चुनौती रहेको बताए ।

साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको अवस्थमा बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पु¥याउने हेतुले सनराइज बैंक एडभाइजरी सेलको स्थापना गरी आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा पु¥याउने उद्देश्यका साथ अगाडि बढेको बताए ।

कार्यक्रममा उद्यमीहरूलाई सामान्य लेखाशास्त्रका सिद्धान्त, चालुपूँजी व्यवस्थापनका आधारभूत नियमबारे जानकारी दिइएको थियो । साथै नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण र व्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने व्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणलगायत बारे बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्