Logo

पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठक, के–के भयो निर्णय ?

पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठक, के–के भयो निर्णय ?



काठमाडौं । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक आज (बिहीबार) सिंहदरबारमा बसेको छ । आज बिहान मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो ।

नयाँ गठबन्धन बनेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले दुई निर्णय गरेको छ । विहिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी आजको बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अँ द स्टाटस अफ वुमनको ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुलाई नतिजा देखिने गरि काम गर्न निर्देशन समेत दिएका थिए ।

बैठकमा प्रधानमन्त्रीले धन्यवाद दिएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्रीज्यूले नवनियुक्त मन्त्रीहरुलाई धन्यवाद दिनुभयो, उनले भने । एमाले नेतृत्वको नयाँ गठबन्धनसँगै बनेको सरकारको यो पहिलो क्याविनेट बैठक हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विस्तार गरेको मन्त्रिपरिषद्मा २० जना सदस्य छन् । नयाँ सत्तागठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन् । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL