Logo

क्रेडिट रेटिंगका लागि भित्रियो केयर रेटिङ, विशाल ग्रुप र इमर्जिङसँग समझदारी

क्रेडिट रेटिंगका लागि भित्रियो केयर रेटिङ, विशाल ग्रुप र इमर्जिङसँग समझदारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा क्रेडिट रेटिगं एजेन्सी स्थापना गर्ने उद्देश्य अनुरुप अन्तरराष्ट्रिय संस्था केयर रेटिगं नेपाल भित्रिएको छ । नेपालमा क्रेडिट रेटिंग कम्पनी स्थापना गर्न केयरले विशाल ग्रुप र इमर्जिगं नेपाल लिमिटेडसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

साथै नयाँ स्थापना गरिने संस्थाको नाम केयर रेटिगं (नेपाल) लिमिटेड रहने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विशाल ग्रुप नेपालमा वित्तीय सेवाको क्षेत्रमा सक्रिय संस्था हो भने इमर्जिगं नेपाल भेन्चर क्यापिटल क्षेत्रमा कार्यरत रहँदै आएको संस्था हो ।

रु. २ करोडको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिगं (नेपाल) लिमिटेडको लगानीमा केयर रेटिगंस् ५१ प्रतिशत, विशाल ग्रुपको १९ प्रतिशत र इमर्जिगं नेपालको १० प्रतिशत रहने बताइएको छ । बाँकि २० प्रतिशत बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९ प्रतिशत ननाघ्ने गरी लगानी गर्न सकिनेछ ।

केयर रेटिगं अन्र्तरराष्ट्रिय प्रतिष्ठा प्राप्त संस्था हो । समझदारी पत्रमा केयर रेटिगंस् का डाइरेक्टर र प्रमुख कार्यकारी अधिकृत राजेश मोकासी, विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल र इमर्जिगं नेपाल लिमिटेडका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्