Logo

अर्थमन्त्रालयको जिम्मेवारी पूर्व अर्थमन्त्री वर्षमान पुनलाई, आजै सपथ ग्रहणको तयारी

अर्थमन्त्रालयको जिम्मेवारी पूर्व अर्थमन्त्री वर्षमान पुनलाई, आजै सपथ ग्रहणको तयारी



काठमाडौं । नयाँ सत्ता गठबन्धन निर्माणसँगै अर्थ मन्त्रालयको नेतृत्व नेकपा माओवादी केन्द्रले पाएको छ । यससँगै माओवादीका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का भएको छ ।

सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुङ्गो लागेको हो । भागबण्डा मिलेसँगै बुधबार साँझसम्म शपथ ग्रहणको तयारी भइरहेको छ ।

नयाँ मन्त्रीहरूको शपथ आजै साँझ ५ बजे गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL