Logo

देउवाका ज्योतिषको दाबी-‘एमाले-माओवादी गठबन्धन टिक्दैन, समय निकै कष्टकर’

देउवाका ज्योतिषको दाबी-‘एमाले-माओवादी गठबन्धन टिक्दैन, समय निकै कष्टकर’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषका रुपमा कहलिएका सुरेशचन्द्र रिजालले रिजालले एमाले–माओवादी गठबन्धन नटिक्ने दाबी गरेका छन् ।

ज्योतिष रिजालले नयाँ गठबन्धनबाट कुनै निकास ननिस्किने दाबी गरेका छन् । अहिले एमाले–माओवादी गठबन्धनको पक्षमा ग्रह र योग नरहेको उनको दाबी छ । गठबन्धनमा मिल्ने र मिल्न जाने दुवै दललाई समय निकै कष्टकर रहेको उनको दाबी छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्

सत्ता समीकरणमा भएको फेरबदल
सत्ता समीकरणमा भएको फेरबदलबाट निकास निस्किने कुनै संकेत ग्रह–योगमा देखिएन। मिल्ने र मिल्न जाने दुवैको खण्डित छत्र–भङ्ग ग्रह योग परेकाले सहभागी दलहरूलाई निक्कै कष्टकर हुने ।

प्रतिक्रिया दिनुहोस्
MBL