Logo

लगातार उकालो लाग्दै सुनको मूल्य, बुधबार पुनः नयाँ रेकर्ड कायम

लगातार उकालो लाग्दै सुनको मूल्य, बुधबार पुनः नयाँ रेकर्ड कायम



काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लाे एक हप्तामा मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढिसकेको छ ।

महासंघका अनुसार अघिल्लो हप्ताको बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आजसम्म आईपुग्दा प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघका अनुसार नेपाली बजारमा सुन मंगलबार प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।
विश्वबजारमा बुधबार सुन प्रतिऔंस २ हजार १ सय २६ डलर आसपासमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्यमा भने बुधबार झिनो गिरावट आएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १४ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL