Logo

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नियमावली तयार गर्न समितिको निर्देशन,कानुनको मस्यौदा गरी तत्काल बनाउ

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नियमावली तयार गर्न समितिको निर्देशन,कानुनको मस्यौदा गरी तत्काल बनाउ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले समितिले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी नियमावली तयार गर्न समिति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । नियमावली नहँुदा विकास कार्यक्रमहरुको सञ्चालनमा ढिलाई भएको भन्दै यस्तो निर्देशन दिएको हो ।

त्यस्तै समितिको बुधवार बसेको बैठकले स्थानीय विकासका सन्दर्भमा दिएका निर्देशन कार्यन्वयन गर्न संघीय मामिला तथा स्थानीयविकास मन्त्रालयलाई निर्दिष्ट गरेको छ । संविधान कार्यान्वयनको लागि आवश्यक स्थानीय तहको संरचनालाई वैज्ञानिक र स्पष्ट मापदण्डका आधारमा छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजान लागि समिति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देश गरेको छ ।

समितिले स्थानीयतहको निर्वाचनका लागि आवश्यक कानुनहरुको तत्काल मस्यौदा गरी संसदमा पेश गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्