Logo

प्रचण्डसँगको गठबन्धन किन टुट्यो ? आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस

प्रचण्डसँगको गठबन्धन किन टुट्यो ? आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको हो ।

कांग्रेसले कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र नेकपा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा कांग्रेसको भावी बाटोको विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडे लगत्तै सोमबार सभापति देउवाले पार्टीका पूर्व पदाधिकारी र पदाधिकारी बैठक बोलाएका थिए । सो बैठकले तत्काल मन्त्रीहरूले राजीनामा नगर्ने र प्रधानमन्त्री दाहालले धोका दिएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL