काठमाडौं । नवगठबन्धनका सरकारका नयाँ मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसामु सपथ ग्रहण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ, नेकपा एमालेका तर्फबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्यालले मन्त्रीको सपथ ग्रहण गरेका हुन् ।
यसअघि नेपाली कांग्रेस र माओवादीको सत्ता समिकरण भंग भएसँगै नयाँ नेकपा एमाले, माओवादी र रास्वपाको गठबन्धन बनेको हो । यी तीनै पार्टीबाट नेतृत्व गर्दै ३ जनाले राष्ट्रपतिसमक्ष सपथ ग्रहरण गरेका हुन् ।