Logo

महिन्द्रा मोजो बाइक सार्वजनिक, मंगलवारदेखि विक्री शुरु

महिन्द्रा मोजो बाइक सार्वजनिक, मंगलवारदेखि विक्री शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्स लिमिटेडले . प्रिमियम ३ सय सिसिको बाइक महिन्द्रा मोजो सार्वजनिक गरेको छ । सोही कार्यक्रमको लागि दुईजना राइडर्सहरुले भारतको पुनेबाट मोजो बाइक चलाएर आइपुगेका थिए ।

सो राइडर्सहरुको यात्राको सुरुवात महिन्द्रा टू व्हीलर्सका सिनियर भाइस–प्रेसिडेन्ट (आर एण्ड डी) पीएस अशोकद्वारा भएको थियो । कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष सहायलका अनुसार मोजो महन्द्रिाको फ्ल्याग्शिप मोडल हो र यो आफ्नो लन्च देखि नै भारतमा यसमा इरिडियम स्पार्क प्लग, रेजोनेटर–फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जहस्ट् पनि रहेको छ ।

साथै, उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टनलगायत सुविधा छन् ।

३ सय २० एमएमको रेडियल्ली–माउन्टेड फ्रन्ट डिस्क ब्रेक तथा पिरेली डिएब्लो रोस्सो टू टायर पनि रहेको छ । यीफिचर्सहरुलाई वर्गमै सबैभन्दा बढी २१ लिटरको इन्धन क्षमता भएको प्mयुल ट्यांकले लामो दूरी तय गर्नको लागि सहायता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्