Logo

नयाँ सरकारमा यी चारजना बन्ने भए मन्त्री, अर्थ मन्त्रालय पूर्व अर्थमन्त्री वर्षमान पुनकै कमाण्डमा

नयाँ सरकारमा यी चारजना बन्ने भए मन्त्री, अर्थ मन्त्रालय पूर्व अर्थमन्त्री वर्षमान पुनकै कमाण्डमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कांग्रेससहितको सत्ता गठबन्धन पुनः भत्किएको छ। सोमबार एमाले, रास्वपा, जसपा लगायतका दल सम्मिलित नयाँ सत्ता गठबन्धन बन्ने सहमतिसँगै वर्तमान गठबन्धन टुटेको हो ।

स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् । प्रचण्डले आजै एमाले, रास्वपा र जसपालाई समेटेर ४ जना मन्त्री नियुक्त गर्नेछन् । आज नियुक्त हुने चारै मन्त्रीले आजै शपथ लिनेछन् ।

आजै बिस्तार हुने नयाँ मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन मन्त्री बन्नेछन् । उनले अर्थ मन्त्रालयको नेतृत्व लिने बुझिएको छ । एमालेबाट भने पदम गिरी पहिलो लटमा मन्त्री बन्ने भएका छन् ।

एमाले सचिवालय बैठकले गिरीलाई पहिलो लटमा सरकारमा पठाउन लागेको हो । उता, जनता समाजवादी पार्टीबाट भने उपेन्द्र यादव नै पहिलो लटमा सरकारमा सहभागी हुने निश्चित् भएको छ । रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL