Logo

सत्ताको खेल तीब्र : सबै मन्त्री बर्खास्त गर्दै प्रचण्ड, नयाँ ४ मन्त्रीले आजै शपथ लिने

सत्ताको खेल तीब्र : सबै मन्त्री बर्खास्त गर्दै प्रचण्ड, नयाँ ४ मन्त्रीले आजै शपथ लिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कांग्रेससहितको सत्ता गठबन्धन पुनः भत्किएको छ। सोमबार एमाले, रास्वपा, जसपा लगायतका दल सम्मिलित नयाँ सत्ता गठबन्धन बन्ने सहमतिसँगै वर्तमान गठबन्धन टुटेको हो ।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् । एमाले निकट स्रोतका अनुसार प्रचण्डले आजै एमाले, रास्वपा र जसपालाई समेटेर ४ जना मन्त्री नियुक्त गर्नेछन् । आज नियुक्त हुने चारै मन्त्रीले आजै शपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL