Logo

सत्ता गठबन्धनको बैठक अचानक स्थगित, गठबन्धन टुटने लगभग तय

सत्ता गठबन्धनको बैठक अचानक स्थगित, गठबन्धन टुटने लगभग तय



काठमाडौं । सत्ता गठबन्धनको आज (सोमबार) बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो । तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिनसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अविश्वास बढेर गएको छ । जसका कारण सत्ता गठबन्धन संकटमा पर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL