Logo

नेपाल र नेदरल्याण्डसले टी-२० सिरिजको फाइनल खेल्ने, वर्षाले नामिबियालाई घाटा

नेपाल र नेदरल्याण्डसले टी-२० सिरिजको फाइनल खेल्ने, वर्षाले नामिबियालाई घाटा



काठमाडौं । नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा पुगेका छन् । आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन् ।

नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ । त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ ।

आज नामिबियाले खेल जितेको भए फाइनमा पुग्ने टीमको टुंगो रनरेटको आधारमा लाग्ने थियो । तर, वर्षाका कारण खेल बराबरी भएसँगै नेपाल फाइनलका लागि छनौट भएको हो अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल टियु मैदानमा मंगलबार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL