Logo

सुनको मूल्य एकैपटक २ हजार रुपैयाँले बढ्यो, चाँदीको भाउमा पनि वृद्धि

सुनको मूल्य एकैपटक २ हजार रुपैयाँले बढ्यो, चाँदीको भाउमा पनि वृद्धि



काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । गत शुक्रबार एक लाख १९ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार एकै पटक २ हजार रुपैयाँले बढेर एक लाख २१ हजार रुपैयाँ पुगेको छ ।

छापावाला सुनसँगै तेजावी सुनको मूल्य पनि बढेको छ । तेजावी सुनको मूल्य पनि आइतबार २ हजार रुपैयाँले नै बढेर एक लाख २० हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गत शुक्रबारको तुलनमा चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य एक हजार ३ सय २० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL