काठमाडौं । सर टेक्नो एण्ड ट्रेड प्रालिले एमजी व्राण्डको गाडी नेपाली बजारमा भित्र्याएको छ । एमजी व्राण्ड नेपालमा पहिलोपटक भित्रिएको हो ।
विगत दुई तीन महिना देखि नेपालमा भिœयाइएको यस ब्रान्डेट गाडीको आधिकारीक विक्री वितरण भने आजबाट सुरु भएको छ । यस व्रान्डको एमजी थ्री र एमजीसिक्स गरी दुई मोडलका गाडी उपलब्ध छन् ।
यी गाडीहरुममा उच्चकोटीको सुरक्षा रहेको बताइएको छ । कम्पनीले आगामी दिनमा क्रमवद्ध रुपमा अन्य मोडलका गाडी भिœयाउने समेत जनाएको छ ।
कम्पनीका संचालक हरु विगत ३० वर्ष देखि अटोमोवाइल्स व्यवसायमा संलग्न रहेका छन् । कम्पनीले ग्राहकहरुलाई विक्री पछिको सेवा सुविधा उपलब्ध गराउने समेत जनाएको छ ।