Logo

टिकटक प्रतिवन्धलाई निरन्तरता दिन सांसदको माग, निर्णय नमान्ने इन्टरनेट सेवाप्रदायकलाई कारबाहीको सुझाव

टिकटक प्रतिवन्धलाई निरन्तरता दिन सांसदको माग, निर्णय नमान्ने इन्टरनेट सेवाप्रदायकलाई कारबाहीको सुझाव



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले टिकटक प्रतिवन्धलाई निरन्तरता दिन आग्रह गरेका छन् । बैठकको शुन्य समयमा बोल्दै जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द गर्ने निर्णयको कार्यान्वयनलाई निरन्तरनता दिन आग्रह गरेका हुन् ।

उनले मन्त्रिपरिषदले नै यसको प्रतिवन्धको निर्णय गरेपनि पछिल्लो समय यसलाई खुकुलो बनाईएको भन्दै यसलाई प्रतिवन्ध नै गर्न आग्रह गरेका हुन् । बैठकमा बोल्दै उनले केहि इन्टरनेट सेवाप्रदायकले नै सरकारी निर्णयको अवज्ञा गरेको बताउँदै त्यस्तो इन्टरनेट सेवाप्रदायकलाई कारबाही गर्न सुझाव दिएका छन् ।

गएको कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा धार्मिक सद्भावना भड्काएको आरोप लगाउँदै टिकटकमा प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL