Logo

जियोनीको कम प्रकाशमा उज्यालो सेल्फि खिच्ने फोन बजारमा, मूल्य २६ हजार

जियोनीको कम प्रकाशमा उज्यालो सेल्फि खिच्ने फोन बजारमा, मूल्य २६ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जियोनीको सेल्फी मास्टर लाइनअपको एस सिक्स एस बजारमा भित्रिएको छ । यसमा १३ मेगापिक्सेलको सोनी आइएमएक्स २५८ रियर क्यामेरा र फ्रन्ट एल ई डि फ्ल्यास र स्क्रिन फ्ल्यास सहितको फ्रन्ट क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ ।

यो फोनको विशेषता भनेको कम प्रकाशमा पनि उज्यालो सेल्फी खिच्न सकिने हो । त्यस्तै मेटालिक युनिबडी गोरिल्ला ग्लास ३ ले सुरक्षित ५.५ इन्चको १०८०पीएफएचडी २.५ डी वाटर ड्रप डिस्प्ले यो फोनमा छ । यसमा १.३ गिगाहर्ज प्रोसेसर,३ जिबी ¥याम र ३२ जिबी इन्टरनल स्टोरेज छ ।

कम्पनीका अनुसार एस सिक्स एसमा फिङ्गरप्रिन्ट स्क्यानर पनि छ जुन फोटो खिच्नका लागि समेत प्रयोग गर्न सकिन्छ । डुअल सिम सेट रहेको मोबाइलमा ३ हजार १ सय ५० एमएएचको ब्याट्री छ । फोनमा एन्ड्रोइड ६.०.१ मा आधारित जियोनिको आफ्नै यु आई अमिगो ३.२ छ ।

यो मोबाइलमा भिडियो एडिटर पनि उपलब्ध छ । स्प्लिट विन्डो सुविधाले गर्दा एकै पटक दुई ओटा एप एकै स्क्रिनमा प्रयोग गर्न सकिन्छ । यस फोनको फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्