Logo

संसद भवन छिरेर लघुवित्त पीडितको नाराबाजी, गृहमन्त्रीको राजीनामा माग

संसद भवन छिरेर लघुवित्त पीडितको नाराबाजी, गृहमन्त्रीको राजीनामा माग



काठमाडौं । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

करिब ५० जनाको संख्यामा रहेका पीडितहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा लिएको छ ।

देशभरका लघुवित्त पीडितहरू न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौँ आएर आन्दोलित रहेका छन् । गृहमन्त्रालेले आइतबारदेखि वार्ता गरे पनि प्रहरीले उनीहरुलाई भृकुटीमण्डपबाट हटाएपछि वार्ता छोडेर फेरी प्रदर्शनमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL