Logo

१४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ

१४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ



काठमाडौँ । १४ किलो सुन तस्करी प्रकरणमा जोडिएका जीवनकुमार गुरुङ जोनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भइ आएको १४ किलो सुनबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष समेत हुन् । प्रहरी स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउ गर्न पत्रचार गरिएको थियो । त्यसकै आधारमा प्उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको हो ।

१४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको आरोप लागेको छ । यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL