Logo

आपूर्ती मन्त्रालयद्धारा उपभोक्ता ठग्ने २२ विरुद्ध कारवाही, प्रकाश पोलिक्लिनिक र टेकु ल्याव सिलबन्दी

आपूर्ती मन्त्रालयद्धारा उपभोक्ता ठग्ने २२ विरुद्ध कारवाही, प्रकाश पोलिक्लिनिक र टेकु ल्याव सिलबन्दी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आपूर्ती मन्त्रालयले उपभोक्ता ठगिरहेका २२ पसललाई कारवाही गरेको छ । प्रकाश पोलिक्लिनक प्रालि टेकु र टेकु ल्याव प्याथोलोजिको मन्त्रालयले सिलबन्द गरेको छ ।

व्यवसाय नविकरण नगरेको भन्दै सिलवन्दी गरेको हो । त्यस्तै टेकुको प्रकास फार्मेसीमा विलको फरम्याट नभएको तथा कस्मेटिक सामान राखेको भन्दै विल फरम्याट गर्न तथा कस्मेटिक सामान हटाउन निर्देशन दिएको छ ।

मन्त्रालयले त्रिपुरेश्वरको पिपुल्स फार्मेसि, निलम औषधि घर र तिवारी मेडिकल हल कुनेश्वर विरुद्ध पनि कारवाहीको प्रक्रिया अघि बढाएको छ । त्यसैगरी १२ ओटा खाद्य स्टोरको अनुगमन गर्दा कैफियत भेटिएको भन्दै कारवाही गर्न भएको छ ।

ती खाद्य स्टोरहरुले मूल्य सूची नराखेको, म्याद नाघेकोसमान विक्रीमा राखेको पाइएको छ । सोमवार मन्त्रालयको अनुगमन टोलिले ३ ओटा फ्रेस हाउस तथा २८ ओटा सार्वजनिक सवारी साधनको समेत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ती फ्रेस हाउन तथा सवारी साधनले उपभोक्ता ठग्ने गरेको पाइएको भन्दै कारवाही गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्