Logo

नयाँ जहाज खरिदमा १८ करोड कमिसनको खेल, संसदमा सांसद खतिवडाले गरे यस्तोे दाबी

नयाँ जहाज खरिदमा १८ करोड कमिसनको खेल, संसदमा सांसद खतिवडाले गरे यस्तोे दाबी



काठमाडौँ । सत्ता साझेदार नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नयाँ जहाज खरिदमा कमिसनको खेल सुरु भएको दाबी गरेका छन् । आइतबार संसदको विशेष समयमा सांसद खतिवडाले नेपाल एयरलाइन्स दिनदिनै कमजोर बन्दै गइरहेको अवस्थामा भएको विमान चलाउनुको सट्टा कमिसनका लागि नयाँ खरिदको चलखेलमा पर्यटन मन्त्री लागेको आरोप लगाएका हुन् ।

सांसद खतिवडाले विश्वका अरू देशमा फ्रेजआउट भएको क्यानडामा उत्पादन भएको पुरानो प्रविधिको विमान किन्न पर्यटनमन्त्री सुदिन किराती लागि रहेको दाबी गरे । उनले भने, ‘नेपाल एयरलाइन्स अहिलेकै अवस्थामा फेरि जहाज खोज्दैछ । एयरलाइन्सकै अध्ययन समितिले क्यानडाको किन्न सकिँदैन भन्ने सिफारिस गरेको छ । तर खरिदका लागि टेण्डर आह्वान भएको छ । यो सब १८ करोड कमिसन खानका लागि गरिँदैछ ।’

प्रतिक्रिया दिनुहोस्