Logo

काठमाडौँ उपत्यकामा अझै घटेन चिसो, आज बिहान न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस

काठमाडौँ उपत्यकामा अझै घटेन चिसो, आज बिहान न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस



काठमाडौं । काठमाडौँ उपत्यकामा आज (शनिबार) बिहान पनि चिसो छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार वर्षा भएयता काठमाडौँ उपत्यकाको तापक्रम ह्वात्तै घटेको हो ।

आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको उनले जानकारी दिए । ‘हिजो (शुक्रबार) भन्दा त उपत्यकाको न्यूनतम तापक्रम थोरै बढेको हो, तर ४.४ डिग्री सेल्सियस चिसै हुने अवस्था हो’, मौसमविद् झाले भने, ‘गत बिहीबार वर्षा हुनु पहिले ९ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले यति तल झरेको हो ।’

शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो । आज १.१ डिग्री सेल्सियस बढेर ४.४ डिग्री सेल्सियसमा उक्लिएको हो । ‘मौसम बदली र वर्षा भएन भने फेरि बिस्तारै तापक्रम उकालो लाग्छ’, मौसमविद् झाले भने ।
आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको उनले बताएका छन् । अहिले बिहान काठमाडौँ उपत्यकामा हल्का हुस्सु लागिरहेको भए पनि मुख्यतया मौसम सफा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL