Logo

सात महिनामा १५ सय किलो सुन नेपाल भित्रियो, स्मार्टफोन धेरै आयात हुने वस्तुको छैठौं स्थानमा

सात महिनामा १५ सय किलो सुन नेपाल भित्रियो, स्मार्टफोन धेरै आयात हुने वस्तुको छैठौं स्थानमा



काठमाडौं । चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो ७ महिनामा नेपालमा १५ सय किलो बढी सुन भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको साउनदेखि माघ मसान्तसम्म नेपालमा १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको १५ लाख १ हजार ८ सय ६४ ग्राम सुन नेपाल भित्रिएको हो ।

यस्तै यसै अवधिमा नेपालमा स्मार्टफोनको आयात पनि उल्लेख्य भएको पाइएको छ । पछिल्लो समय नेपालमा आयात हुने वस्तुहरुको सूचीमा स्मार्टफोन प्रत्येक बर्षजसो माथि उक्लिँदै गएको देख्न सकिन्छ ।

भन्सार विभागका अनुसार चालु आवको सात महिनामा मात्रै नेपालमा १७ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बराबरको ११ लाख २६ हजार थान स्मार्टफोन भित्रिएका छन् । यससँगै नेपालमा धेरै आयात हुने वस्तुको सूचीमा स्मार्टफोट छैठौं स्थानमा परेको छ । त्यसअघि पहिलो दोस्रो र तेस्रो स्थानमा क्रमशः डिजेल, पेट्रोल र खाना पकाउने ग्याँस छन् । यस्तै चौथो र पाँचौं स्थानमा भने क्रमशः फलाम र स्टिल छन् ।

प्रतिक्रिया दिनुहोस्