काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनलाई नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपालको समग्र नीजि क्षेत्रको तर्फबाट सम्बोधन गरेका छन् । अमेरिकास्थित न्यू जर्सीमा २७ अगष्टदेखि शुरु भएको सम्मेलनलाई सम्बोधन गरेका हुन् ।
उद्घाटन सत्रमा अध्यक्ष ढकालले राजनीतिक स्थायित्वपछि मात्र नेपालमा लगानी गरौंला भनेर प्रतीक्षा नगर्न सबै गैर आवासीय नेपालीलाई अनुरोध गरे ।
सबै राजनीतिक दल र सरकारले देशको आर्थिक विकासमा प्रतिवद्वता व्यक्त गर्दै आएकाले पनि नेपालमा लगानी गर्नुपर्ने धारणा राखे । नेपाल उधोग वाणिज्य महासंघकोअन्तर्राष्ट्रिय तथा गैर आवासीय नेपाली लगानीप्रवर्द्धन समितिका सभापति ,अध्यक्ष ढकालले आफुले गैर आवासीय नेपाली सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको र नेपालको नीजि क्षेत्र गैरआवासीय नेपालीहरुसँग सहकार्य गरी देशको आर्थिक विकास गर्न तयार रहेको बताए ।
अगष्ट२७ र २८ गरी दुई दिन चल्नेउक्त सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु,उद्योगपति एवं एनआरएन पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।