Logo

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । यस अघि शुक्रवार तोलामा ६ सयले बढेको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रवार चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL