Logo

सिद्धार्थ इन्स्योरेन्स र हेल्थ कन्सर्नबीच सम्झौता,बिमामार्फत उपचारका लागि सहयोग गर्नेे

सिद्धार्थ इन्स्योरेन्स र हेल्थ कन्सर्नबीच सम्झौता,बिमामार्फत उपचारका लागि सहयोग गर्नेे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले स्वास्थ्य बिमा प्रवद्र्धनका लागि हेल्थ कन्सर्नसँग सम्झौता गरेको छ। सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट कामु महाप्रवन्धक वीरेन्द्र वैदवार क्षेत्री र हेल्थकन्सर्नका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा। सुवास प्याकुरेलले हस्ताक्षर गरे।

स्वास्थ्यको पहुँचमा आउन नसकेका सर्वसाधारणलाई बिमा कार्यक्रममा समेटेर उपचारका लागि सहयोग गर्ने उद्देश्यका साथ सम्झौता गरिएको सिद्धार्थ इन्स्योरेन्सका कामु महाप्रवन्धक क्षेत्रीले जानकारी दिए।

स्वास्थ्य बिमा प्रवद्र्धनको जिम्मेवारी पाएको हेल्थ कन्सर्नका प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले विकसित देशमाजस्तै नेपालको स्वास्थ्य बिमा कार्यक्रम पनि सफल हुने उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्