Logo

सुनको मूल्यमा एकैदिन १२ सय रुपैयाँको गिरावट, चाँदीको मूल्यपनि घट्यो

सुनको मूल्यमा एकैदिन १२ सय रुपैयाँको गिरावट, चाँदीको मूल्यपनि घट्यो



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य मंगलबारको तुलनामा एकैदिन १२ सय रुपैयाँले घटेको जानकारी दिएको हो ।

यससँगै,आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार १५० रुपैयाँ थियो ।

यसैगर िआज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार तोलामा ३० रुपैयाँले घटेर चाँदीको कारोबार भइरहेको छ । यससँगै, आज चाँदीको प्रतितोला मूल्य १३ सय ६५ रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य १३ सय ९५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL