Logo

पञ्चकन्या ग्रुपले गर्यो बृक्षारोपण कार्यक्रम, बढ्दो वातावरण विनाशलाई कम गर्न सघाउने

पञ्चकन्या ग्रुपले गर्यो बृक्षारोपण कार्यक्रम, बढ्दो वातावरण विनाशलाई कम गर्न सघाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पञ्चकन्या समूहले बल्खुमा एक वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । कम्पनीले आफ्नो ४५औं पञ्चकन्या दिवश विभिन्न कार्यक्रमहरु गरी मनाउने सिलसिलामा बिहीवार वृक्षारोपण गरेको हो ।

बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न यस्ता प्रकारका वृक्षारोपणले सघाउ पुग्ने विश्वास लिइएको छ । पञ्चकन्या समूह्ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो कार्य ग्रुपको पहिलो प्राथमिकतामा राखेको छ ।

विभिन्न समयमा देशका अन्य स्थानमा गरिएका वृक्षारोपणका साथै ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा शहर हरियाली कायम गर्ने कार्य निरन्तर रुपमा भइरहेको पञ्चकन्या ग्रुपले जनाएको छ । उक्त कार्यव्रmममा ग्रुपका सबै तहका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्