Logo

जगदम्बाको राइनो ५००डी सार्वजनिक, ठूला पूर्वाधार तथा परियोजना निर्माणमा उपयोगी

जगदम्बाको राइनो ५००डी सार्वजनिक, ठूला पूर्वाधार तथा परियोजना निर्माणमा उपयोगी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जगदम्बा स्टिल्स प्रालिले नेपाली बजारमा ‘ग्यारेण्टेड डक्टिलिटी’ सहितको राइनो ५००डी फलामे छड सार्वजनिक गरेको छ । शंकर गु्रप अन्तर्गतको सो कम्पनीले सार्वजनिक गरेको राइनो ५००डी मजबुती तथा डक्टिलिटी सहितको नयाँ छड हो ।

उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रणलगायत कारणले यो छड बजारमा उपलब्ध अन्य उत्पादन भन्दा विशेष र पृथक भएको कम्पनीको दावी छ । उत्पादनको खरिदमा कम्पनीले आफ्ना उपभोक्तालाई राइनो ५००डी ग्यारेण्टि कार्डपनि उपलब्ध गराउने छ । नेपाली बजारमै पहिलो पटक उपलब्ध गराउन लागिएको यो ग्यारेण्टि कार्ड मार्फत उपभोक्तालाई निर्माणमा गुणस्तर र सुरक्षाको प्रत्याभुती दिन चाहेको कम्पनीले बताइएको छ ।

Pic 4

बुधवार नयाँ छड सार्वजनिक कार्यक्रममा बोल्दै शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले अहिले अर्थ ब्यवस्थामा देखिएको उन्नतीका कारण हाउजिङ लगायत पुर्वाधार विकासको क्षेत्रमा ब्यापक अवसरको सिर्जना भएको बताए । साथै उनले भुकम्पिय क्षति न्यूनिकरणका लागि सुरक्षित तथा भुकम्प प्रतिरोधात्मक निर्माणको चुनौतीको सामना गर्ने सोचका साथ एफई ५००डी गे्रडमा फलामे छड राइनो ५००डी सार्वजनिक गरिएकोे जानकारी दिए । ‘यो नेपालकै पहिलो र आफ्नो प्रकारको एक मात्र अत्यधिक शक्तिशाली र अधिकतम डक्टिलिटी सहितको फलामे छड हो’ उनले भने ।

जगदम्बा स्टिल्समा उत्पादनको उत्कृष्ट गुणस्तर तथा उत्पादनका लागि अत्याधुनिक स्वचालित प्लान्टको ब्यवस्था छ । कम्पनीले आफ्ना उपभोक्तालाई विश्वस्तरिय उत्पादन तथा गुणस्तर उपलब्ध गराउन नियन्त्रित उत्पादन प्रणाली अन्तर्गत नियन्त्रित कच्चा पदार्थको प्रयोग, नियन्त्रित उत्पादन प्रक्रिया र नियन्त्रित परिमिति (पारामिटर्स) अपनाउने गरेको छ । यसरी तीन चरणको नियन्त्रित उत्पादन प्रक्रिया अपनाउने जगदम्बा नै नेपालको एक मात्र उद्योग भएको कम्पनीको दावी छ ।

Pic 3 (2)

कम्पनीमा फलामे छडका लागि एनएस १९१ र ईण्डियन बीआईएस, आईएस ः १७८६ः २००८ सर्टिफिकेशन स्ट्याण्डर्ड्सद्वारा निर्धारित न्यूनतम र अधिकतम स्ट्याण्डर्ड पालनाका लागि छडको भौतिक तथा रसायनिक परिमितिलाई निकै कडाइका साथ नियन्त्रित गरिन्छ ।

राइनो ५००डी फलामे छड नेपाल जस्तो उच्च भुकम्पीय जोखिम सम्भावित क्षेत्रमा साना ब्यक्तिगत घरदेखि ठूलाठूला पूर्वाधार लगायत परियोजना निर्माणका लागि विशेष उपयुक्त छ ।

rhino_shankar_group

यो बहु तले भवन, पूल, फ्लाइओभर्स तथा बाँध, विण्ड टर्बाइनको जग, औद्योगिक संरचनाहरु, कंक्रिट सडकहरु, टनेल्स, थर्मल तथा जलविद्युतिय पावर स्टेसन्स लगायतको निर्माणका लागि उपयुक्त छ ।

कम्पनीको नेपाल भर रहेका विशेष खुद्रा विक्रि केन्द्र मार्फत उपभोक्ताले ८ एमएम देखि ३२ एमएम सम्मको साइजमा सहजै राइनो ५००डी रेबार खरिद गर्न सक्छन् । साथै, उपभोक्ताको माग तथा परियोजनाको आवश्यकता अनुसार ३६ एमएम र ४० एमएम साइजमापनि कम्पनीले रेबार उपलब्ध गराउँने बताइएको छ । निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा न्यूनिकरण तथा कार्यगत सहजताका लागि सबै फलामे छड निर्धारित १२ मिटर लम्बाईका साथ उपलब्ध गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्