Logo

हिमालयन रि–इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, ४ प्रतिशत बोनस सेयर दिने

हिमालयन रि–इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, ४ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसैगरी, २ करोड १० लाख ५२ हजार रुपैयाँको नगद लाभांश वितरण गरिनेछ । यो लाभांश नियामक बिमा प्राधिकरण र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL