Logo

होमस्टे एशोसिएशन आधिकारिक रुपमा दर्ता, आगामी चैतमा राष्ट्रिय सम्मेलन

होमस्टे एशोसिएशन आधिकारिक रुपमा दर्ता, आगामी चैतमा राष्ट्रिय सम्मेलन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ पुस, काठमाडौं । नेपाल होमस्टे एशोसियशन आधिकारिक रुपमा दर्ता भएको छ । नेपालका होमस्टेहरुको आधिकारीक छाता संगठन उक्त एशोसियशन भर्खरै मात्र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको एशोसियशनका संयोजक परशुराम चौधरीले बताए ।

आधिकारीक रुपमा दर्ता भएसँगै राष्ट्रिय सम्मेलन गर्न लागिएको एशोसियशनले जानकारी दिएको छ । दिगो पर्यटन प्रवद्र्धन गरी स्थानीय समुदायलाई पर्यटनको लाभ पु¥याउने उदेश्य सहित गठन भएको होमस्टेहरुको प्रथम राष्ट्रिय सम्मेलन यही चैत्र भित्र गर्न लागिएको संयोजक परशुराम चौधरीले बताए ।

एशोसियशनले झण्डै ४ वर्ष अघि औपचारिक रुपमा दर्ता प्रक्रिया अघि बढाएको थियो । देशभरका होमस्टे व्यवसायीलाई समेटर अघि बढेकाले दर्ता गर्न केही ढिलाई भएको एशोसियशनले जानकारी दिएको छ । हाल पाँचै विकास क्षेत्रमा पर्यटन सेवा कार्यालयबाट निशुल्क होमस्टेहरु दर्ता हुदै आएका छन् । नेपालका अधिकाशं जिल्लाहरुमा व्यक्तिगत र सामुदायिक होमस्टेहरु दर्ता भई संगठित हुने क्रममा रहेका छन्् । पछिल्लो समय विदेशी भन्दा आन्तरिक पर्यटकहरु होमस्टेमा रमाउन थालेका छन् ।

बर्दीया परशुराम चौधरीको संयोजकत्वमा गठित एशोसियशनमा कास्कीका कृष्णप्रसाद आर्चाय सचिव रहेका छन् । यसैगरी भक्तपुरका राजकुमार लामिछाने सहसचिव रहेका छन् भने काभ्रेका केशवप्रसाद बडाल कोषाध्यक्ष छन् । त्यसैगरी सदस्यहरुमा यदुमणी निरौला, भीम केसी, जानकीकुमारी वस्याल, बद्रीलक्ष्मी गुरुङ, शारदा आर्चाय, माया शेर्पा, सुखरत्न ब्रम्हचार्य, प्रनिता तुलाधर, पूर्णचन्द्र उपाध्याय , रुपेश गुरुङ, र सुरज बाँस्तोला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL