Logo

बजार अनुगमन थप व्यवस्थित र प्रभावकारी बनाइदै, व्यवसायीलाई कानूनको परिधिभित्र रहन आग्रह

बजार अनुगमन थप व्यवस्थित र प्रभावकारी बनाइदै, व्यवसायीलाई कानूनको परिधिभित्र रहन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले बजार अनुगमन लाई व्यवस्थित र थप प्रभावकारी बनाईने बताएका छन् । नेपाल चेम्वर अफकमर्सद्वारा मंगलवार चेम्वर भवनमा आयोजित आपूर्ति व्यवस्थापन तथा अनुगमन विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा आपूर्ति सचिव सापकोटाले अनुगमनमा जाने कर्मचारीहरुलाई कानूनसम्मत ढगंले अनुगमन गर्न निर्देशन दिईने बताए । साथै अनुगमन कार्य प्रथम चरणमा १५ दिन सम्म जारी रहने र त्यसलाई समीक्षा गरेर निरन्तरता दिने जानकारी दिए । सापकोटाले सो अवसरमा ऐन कानूनको परिधिभित्र रहेर व्यवसाय गर्न अनुरोध गर्दै व्यवासायीहरुलाई हतोत्साहीन हुन समेत आग्रह गरे ।

एकाध व्यवसायीहरुको लापरवाहीले सिगों उद्योग व्यापार क्षेत्रमा असर परेको बताए । विकृति रोक्न नेपाल चेम्वर अफकमर्स जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले ठूलो भूमिका रहेको बताए । उनले भन्सार मूल्याकंन तथा दरवन्दीमा पुनरावलोकन गर्न जरुरी रहेकोले सरोकारवाला मन्त्रालयविच समन्वय गरेर आवश्यक गृहकार्य अगाडि बढाइने बताए ।  वर्तमान खुला बजार अर्थतन्त्रको सम्वन्धमा आर्थिक ऐनहरु सोही बमोजिम परिमार्जित हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यवसायीहरुबाट अनुगमन कार्य जथाभावी र मनलाग्दो तरिकाले गरिएको गुनासो आउन थालेपछि नेपाल चेम्वर अफकमर्सले आजको अन्र्तक्रिया आयोजना गरेको बताए ।  श्रेष्ठले उद्यमी व्यवसायी ऐन कानूनको परिधिमा रहेर व्यवसाय गर्न चाहने भन्दै यसका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।

उनले भन्सारमा कारोवार मूल्यलाई मान्यता नदिदां तथा भन्सार दरवन्दी उच्च हुदां बिलबिजकजारी गर्न समस्या सिर्जना भएकोले आर्थिक ऐनहरु अविलम्व पास गर्न सरकार समक्ष माग गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अनुगमन कार्यमा विकृति आउन नहुने बताए । साथै उपभोक्ताका हितलाई ध्यानमा राखेर उद्योग व्यवसाय संचालन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका अधिकाशं सहभागीहरुले अनुगमन कार्यको स्वागतगर्दै अनुगमन कार्यलाई व्यवस्थित, प्रभावकारी र व्यवहारिक बनाउन सचिव सापकोटाको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्नतुलाधर, आपूर्ति सहसचिव उत्तम प्रसाद नागिला, नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्