Logo

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नृपाली बजारमा साताको चौथो कारोबार दिन आज सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला २०० रुपैंयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ५० रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ ५ रुपैंयाले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ३७५ रुपैंयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL