काठमाडौं । वाणिज्य तथा आपुर्ती मन्त्रालयले तीन ग्याँस स्टोर सिलबन्दी गरेको छ । मन्त्रालयले मंगलवार अनुगमनका क्रममा कैफियत भेटिएके भन्दै त्रिवेणी ग्यास कलेक्सन,कोटेश्वर, इनर्जेटिक ट्रेडिङ हाउस ललितपुर, सिद्धार्थ ग्यास कलेक्सन सेन्टर वालकुमारी सिलबन्दी गरेको हो ।
त्यस्तै तिनथानाको सिद्धि विनायक खाद्य स्टोर सिलबन्दी गरेको छ । ती ग्यास स्टोरमा तोकिएको भन्दा बढी तौलका रित्तो सिलिण्डर भेटिएको भन्दै सिलबन्दी गरेको हो । यता सिद्धिविनायक खाद्य स्टोरमा म्याद सकिएका,लेवल नभएका तथा उत्पादन मिती नखुलेका सामान विक्री गरेको भन्दै सिलबन्दी गरेको हो ।
मन्त्रालयले मूल्य सूची नभएको ,खान अयोग्य मासु फेला पारेको तथा साइनवोर्ड नराखेको भन्दै नयाँबजारको न्यू गोर्खाली फ्रेस हाउस, चिकेन हट मिट सप र माँ भगवति मिट स्टोरलाई कारवाहीको प्रक्रिया अघि बढाएको छ ।
अनुगमन टोलिले कोटेश्वरको जिसम फार्मेसीलाई पनि आइपीएस भिगोरालगायत औषधी फेला पारेको तथा विर फार्मेसी ग्वार्कोलाई भ्याक्सिन राख्ने रेफ्रिजेरेटर घरायसी प्रायोजनका लागि प्रयोग गरेको भन्दै कारवाही प्रmित्रया अघि बढाएको मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले जानकारी दिए ।