Logo

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना छुटे

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना छुटे



काठमाडौँ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गाा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रिहा गरेको छ । काठमाडौ जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई कीर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर छाडिएको हो ।

सीआईबीका अनुसार काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम तीनै जनालाई हाजिरी जमानामा छाडिएको हो । तर, उनीहरूविरुद्ध कीर्ते र ठगी मुद्दामा अनुसन्धान जारी नै रहनेछ । अदालतले सोमबार बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएको थियो । तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए । सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । उनीहरु तीनैजना आज ६ दिनको अस्पताल बसाइपछि रिहा भएका हुन् । उनीहरु १८ माघमा पक्राउ परेपनि स्वास्थ्यमा समस्या रहेको भन्दै हिरासतमा नराखिकन अस्पतालमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL